Gulab Ko Phool

Lyrics: Dharmendra Sewan Music: Dharmendra Sewan [Verse 1] कपालैमा सजीदिउकी गुलाबको फुल बनी साजीदिउकि त्यो गालामा बनेर तिम्रो तिलहरी
[Verse 2] त्यो खाली खाली निधारमा रातो टिका भई सजिदिउकी त्यो राम्रो चट्ट मिलेको नाकैमा टल्किने फूली भई सजिदिउकि कम्मरैमा कम्मरैमा बाधिहिड्ने पटुकी पो बनिदिउकी हो.. बनिदिउकी त्यो सारीको फूलबुट्टा म
[Verse 3] त्यो पिपलपाते तिम्रो ओठको मुस्कानको कारण बनिदिउकी हातै भरि रंगाउने मेहेन्दीको रंग गाढा गाढा बनिदिउकी खाली खाली त्यो तिम्रो सिउदो सिन्दुरले भरिदिउकी कपालैमा सजिदिउकी गुलाबको फूल बनी