Myagdi Ruma Le (From "Roll No.1")

Lyrics: Sushma Sigdel Music: Sushma Sigdel रुमागाउँको ठिटो बोली बचन मिठो छ खुबी यही हो म्याग्देलीको फकाउन छिटो छ लाउँछौ र माया लाम भन्दा सल्लैमा भागी जाम भन्दा
त्यस्ता खुबी माछाको भाउ पाइन्छ बेनी बजारमा खेलै सुरु भएको छैन किन यति हतारमा बल गर्नुपर्छ मरिमेटि लाएसी माया एकचोटि
हिरा खेतैभरि, पैसा फल्छ रुखैमा टिप्ने अरू खेताला छन्, बसौली सुखैमा
ढुङ्गै पनि प्यारो लाग्छ, मनले पूजा गरेको पछी हट्नु कसरी झन तिमी त मन परेको
गण्डकीको शालिग्राम, गण्डकीमै पाउने हो मन साँचो रैछ भने, बल्ल माया लाउने हो
बेलनलाई चौकी, पूर्णेलाई औँसी छ निष्ठुरी पो छौ कि फेरि छल गर्ने हौ कि त
लेकै फूल्यो गुँरास, मग्मगायो बेसरी, भेट्नु रैछ यसरी म्याग्दी रूमाले अन्जुलीले थापेर, पस्किदेउ पिरती, मालुको पातमा म्याग्दी रूमाले
बर्खे झरी लायो, रूखै भरि आँकुरी भेट भो जाले माकुरी बेनी बजारमा केटी: नजिस्काऊ हाँसेर, राख्दिम्ला बाँधेर, नजरको थुनामा बेनी बजारमा
म्याग्दी रूमाले माहोलै मिठो भयो हजूर भेटै हुनाले
बेनी बजारमा लाखौँको पिरिम मेरो हजूर नलाम हतारमा
मै लैजाउँला, फूलजस्तै टिपेर दुईतास फोटो राखौँला खिचेर
बिर्सिए पाखा, सम्झिए लाखै हो मन कुन्नि कस्तो छ लोभी आखै हो
सुन लाउली शिरदेखि पाउसम्म सम्पती छ है देखिने ठाँउसम्म केटी: साँझ परेसी स्यालैको डर होला फर्सी लड्ने भिरैमा घर होला
दोभाने त्यो घाटको पुरानो डुङ्गा काठैको ढल्कियो छालैले एकै छिनमा कसरी खिल रोप्यौ दिलैमा आखाको चालैले निर म्याग्दी रूमाले
केटी: कहिले धपक्कै बादल, पानी झरी असारे कहिलेको घाम छायाँ भन्दिम जस्तो लाग्छ, लुकाउँ झैँ लाग्छ दोधारे यो माया निर बेनी बजारमा