Music: Manjeet Sunuwar/Swoopna Suman
Lyrics: Swoopna Suman
शून्य-शून्य थियो मेरो मन
साथी थियो केवल एक्लोपन
उदासी हुन्थ्यो मैले सुन्ने गीतहरू
एक्लै-एक्लै बस्थेँ सारा दिन
खाली हुन्थ्यो डायरीका पाना सधैँ
कोही थिएन सुन्ने मेरो धुन
बाटो थियो जिन्दगीका कैयौँ, अनेक
थाहा थिएन हिन्ने मैले कुन
जबदेखि आयौ तिमी, बदलिए लाग्छ मन
जबदेखि आयौ तिमी, अलि धेरै हाँस्छु म
जबदेखि आयौ तिमी, रमाउँदै हिँड्छु म
किनकि तिमी नै छौ, मेरो मनको मिल्ने साथी
बेरङ्गी त्यो इन्द्रेनी थ्यो मन
फिक्का-फिक्का लाग्थ्यो यो जीवन
कोही थिएन बुझ्ने मेरा भावनाहरू
एक्लोपनले छोप्दै गयो झन्
उडिहिँड्थ्यो आँधीबेरीभित्र कहीँ
कालो-कालो बादलसरि मन
टोलाइरहन्थेँ कहीँ टाढा हेरी
आँखाभित्र बोकी शून्यपन
जबदेखि आयौ तिमी, बदलिए लाग्छ मन
जबदेखि आयौ तिमी, अलि धेरै हाँस्छु म
जबदेखि आयौ तिमी, रमाउँदै हिँड्छु म
किनकि तिमी नै छौ, मेरो मनको मिल्ने साथी
मनको मिल्ने साथी
मनको मिल्ने साथी, whoa
जबदेखि आयौ तिमी, बदलिए लाग्छ मन
जबदेखि आयौ तिमी, रमाउँदै हिँड्छु म
जबदेखि आयौ तिमी, अलि धेरै हाँस्छु म
किनकि तिमी नै छौ, मेरो मनको मिल्ने साथी