Lyrics: Sushant KC
Music: Sushant KC
खालि सपनीमा कति देख्नु तिमीलाई?
आऊ, बिपनीमा पनि बेरूँ अँगालोमा
भन जता, माया, त्यतै आई भेट्छु म तिमीलाई
लजाउँछौ भने के छ र, भेटौँला अँध्यारोमा
नराख, नराख सिसाले छोपेर ती आँखालाई
पागल, म पागल भनी सोचेर तिमी नभाग
तिमी आउँदा नजिक यो हावा नै
महसुस बेग्लै भाछ, खै, yeah
मेरो हृदयमा शीतल पस्यो तिम्रो हावाले
मेरो हृदयमा शीतल पस्यो तिम्रो हावाले
मेरो हृदयमा शीतल पस्यो तिम्रो हावाले
मेरो हृदयमा शीतल पस्यो तिम्रो हावाले (हावाले)
Yeah, yeah
Yeah, yeah
Yeah, yeah
हावाले, हावाले
तिम्रो कोही न कोही त होला पछि परिराख्ने
खालि सताउने म हैन होला
बोली नै कोयली, अझै कति मारिराख्ने?
ढाली हजारौँलाई नजाऊ न
अब मदहोस, म बेहोस भए तिम्रै नै हो दोष
कति खोज्नु? कति बोक्नु यो एक्लो मनको बोझ?
तिमी आउँदा नजिक यो हावा नै, हावा नै
महसुस बेग्लै भाछ, खै, भाछ, खै
मेरो हृदयमा शीतल पस्यो तिम्रो हावाले
मेरो हृदयमा शीतल पस्यो तिम्रो हावाले
मेरो हृदयमा शीतल पस्यो तिम्रो हावाले
मेरो हृदयमा शीतल पस्यो तिम्रो हावाले (हावाले)
Yeah, yeah
Yeah, yeah
Yeah, yeah
हावाले
म त हेर, दङ्ग, तिमी मसँग भए चाहिएन कोही अरू
आँखा मेरा बन्द गरेबेला झसङ्ग भए नआत्तिनू है, मुटु
तिमी पर जाला, जाला भनी डर ला-ला-ला-ला-लाग्छ
पर जाला, जाला भनी डर लाग्छ, ओ, लाग्छ, yeah