Naya Nepal

Music: Suraj Sagar Thapaliya [Verse 1] कोहीलाई दुई छाक जुटाउन गार्हो (जुटाउन गार्हो) कोही चढ्छन् Honda, Tucson र Prado (Prado, Tucson र Prado) शक्तिको भक्ति, बल र जफ्ती भरि छ खल्ती, मोज र मस्ती सकिए पैसा चल्छ उधारो भोलिलाई हेर्दा भविष्य कालो संविधान आएर के खालो सारो? के यही नै हाम्रो नयाँ नेपाल हो?
[Chorus] के यही नै हाम्रो नयाँ नेपाल हो? (नयाँ नेपाल हो) के यही नै हाम्रो नयाँ नेपाल हो? खोई त विकासको आएन पालो के यही नै हाम्रो नयाँ नेपाल हो? (नयाँ नेपाल हो) के यही नै हाम्रो नयाँ नेपाल हो?
[Verse 2] पानी लेर आउन सडक बिगार्यो गर्ने केही हैन चिप्लेटी पार्यो हाकिम देखि पियुन सम्म पेट्रोल देखि तियुन सम्म मिसावट बाहेक केही देख्दिन नेपालमा नेपाली देख्दिन देश प्रति ध्यान कसैले दिन्न सबैलाई केवल आआफ्नै चिन्ता युवा जति सबै विदेश पलाए नेताले याहाँ आफ्नो मर्जी चलाए जनता लूटी आफ्नो महल ठडाए इमान्दारले याहाँ पाउँछ सजाय Cylinder खाली बल्दैन चुलो छातीको x-ray धुलो नै धुलो बाटोको खाल्टो हुँदै छ ठूलो असारमा काठमाडौं बन्दछ कुलो (बन्दछ कुलो) असारमा काठमाडौं बन्दछ कुलो (बन्दछ कुलो) असारमा काठमाडौं बन्दछ कुलो (बन्दछ कुलो) छातीको x-ray धुलो नै धुलो असारमा काठमाडौं बन्दछ कुलो
[Chorus] के यही नै हाम्रो नयाँ नेपाल हो? भोलिलाई हेर्दा भविष्य कालो के यही नै हाम्रो नयाँ नेपाल हो? (संविधान आएर के खालो सारो?) (के यही नै हाम्रो नयाँ नेपाल हो?)
[Verse 3] स्वतन्त्रताको छ दुरुप्रयोग पहुँच भए जे गर्दा नि भो सिमाना अरूले मिच्दा पनि आफ्नाको ज्यान लिँदा पनि हामी त चुप लागी बस्ने त हो, बस्ने त हो हामी त चुप लागी बस्ने त हो, बस्ने त हो जब चाहिँ आफुलाई पर्छ तब बल्ल अघि सर्छ जब आफ्नै घरमा आगो लाग्छ तब बल्ल हाम्रो पारो तात्छ यस्तै छ हाम्रो पारा बेरोजगार सडकमा नारा सरकारले निउ खोजेकै हो परिवर्तन चाहियो अत्ती नै भो यिनीहरूलाई भन्दिने को? देश बद्लीँउला आफुलाई बदल्ने को?
[Outro] देश बद्लीँउला आफु बद्लिने को? देश बद्लीँउला आफु बद्लिने को? यिनीहरूलाई भन्दिने को? देश बद्लीँउला आफु बद्लिने को?