Lyrics: Shanam Gurung
Music: Shanam Gurung
म जमिन मुनि मुनि बगिरहेँ टुकुचे खोला,
अण्डरग्राउन्डमा फ्लो कडा हुनाले बालेन दाई उठेका होला।
शब्दहरू हाँसी, हतौडा, खुकुरी, कट्टा र खोंडा।
मेहनत जति नै चाहिन्छ झोला,
एत्तिकै आउँदैन चार वटा सिलिन्डर भएको घोडा, बुझोन?
तेरो दिमागमा स्मरण सक्तीन पुग्दैन।
सबैजन खुशीकै खोजी,
सबैलाई भर्नुछ आ आफ्नो गोजी
आखिर्मा पैसा नै खुशी पो हो कि?
मलाइ पनि लाउन छ, सुन चाँदी, हिरा र मोती।
हैना, सपना यति मात्र?
यो इन्डस्ट्रीमा यति सपना देख्नु पापजस्तो लाग्छ,
न त यहाँ कसैले प अघि गरेको छैन साफ छाप।
यो सबै मुखै त हो,
सबै जना आफ्ना कमजोरी मान्छेहरूबाट लुकाइरहेका छन्।
यहाँ बढी बोल्ने मुख होइन,
यहाँ अहिले चाहिएको छ हामीलाई धुन, काइदाको।
आफ्नो सपना र लक्ष्यलाई पाउन,
म हिँड्दै छु अग्निपथ,
त्यै पनि तँ पछाडि छस्।
तँ बदनाम महसुस गर्दै छस्,
किन कि म हिँड्दै छु अग्निपथ,
त्यै पनि त पछाडि छस्।
आफ्नो सपना र लक्ष्यलाई पाउन,
म हिँड्दै छु अग्निपथ,
त्यै पनि त पछाडि छस्।
तँ बदनाम महसुस गर्दै छस्,
किनभने म हिँड्दै छु अग्निपथ,
त्यै पनि त पछाडि छस्।
तँ जतिनी गर्दा छस् हेला को वृद्धि,
तैले गर्ने काम त्यही मात्र हो रिस्की।
योद्दा म कलाको सृष्टि,
तँ आफ्नो घमण्डबाट निस्क।
तँ भन्दा म नै छु जिद्दी,
घृणाले भरिएको छ मनस्थिति।
त्यै पनि शान्त स्वभाव,
उच्च आचरण प्रभाव।
सार्वजनिक ठाउँमा व्यक्तिगत कुरा नराख,
म बालेन दाईसँग डोजर ल्यएर गर्छु सकाप
सब कुरा।
नराम्रो सोचाइहरूमा,
मनभित्र सर्वनाश गर्नलाई पर्खिरा पसुमा कमजोरी
हुँदै छ करुणा।
तेसैले सक्दैनस् तँ कहिले म हुन।
म जस्तो
को छ यहाँ
गोप्पे,
खतरनाक।
गर्वका साथ
तमताएर गर्दिन
यो खेलको सर्वनाश।
धारणा बलियो मभित्र,
जुन कहिल्यै थिएन तैंसित।
यो कलम भित्रको मसी नै पवित्र,
जलनको भाव देखाउँछ तेरो चरित्र।
आफ्नो सपना र लक्ष्यलाई पाउन,
म हिँड्दै छु अग्निपथ,
त्यै पनि तँ पछाडि छस्।
तँ बदनाम महसुस गर्दै छस्,
किन कि म हिँड्दै छु अग्निपथ,
त्यै पनि त पछाडि छस्।
आफ्नो सपना र लक्ष्यलाई पाउन,
म हिँड्दै छु अग्निपथ,
त्यै पनि त पछाडि छस्।
तँ बदनाम महसुस गर्दै छस्,
किनभने म हिँड्दै छु अग्निपथ,
त्यै पनि त पछाडि छस्।